बालेन र भारतीय सेना प्रमुख सेठबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेना प्रमुख जनरल धिरज सेठबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध तथा सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भारतीय स्थल सेना प्रमुख सेठ आइतबार नेपाल भ्रमणमा आएका हुन्। नेपाल भ्रमणका क्रममा उनले सोमबार प्रधानसेनापति अशोकराज सिग्देलसँग दुईपक्षीय भेटवार्ता गरेका थिए।

सोही दिन राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान गरेका थिए।

भारतीय सेना प्रमुख सेठ बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रतिक्रिया