काठमाण्डौ - पछिल्लो २४ घण्टामा देशभर २४ सय ४४ जनामा कोरोना पुष्टि भएको छ भने सोही अवधीमा ३८ सय ५३ जना कोरोनामुक्त र ४२ जनाको नेपालको मृत्यु भएको छ ।
यो अवधिमा नेपालमा ६६४८ पीसीआर र ४९९२ जनाको एन्टीजेन गरि जम्मा ११ हजार ६४० जनाको कोरोना परीक्षण भएको छ । जसमा १५०९ पीसीआर ९३५ जनालाई एन्टीजेनमा पोजेटिभ देखिएको छ ।
नेपालमा अहिलेसम्म ६ लाख ६८ हजार २२१ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ५ लाख ८८ हजार १८७ जनाले कोरोना जितेका छन् भने ९ हजार ५१ जनाको मृत्यु भएको छ । अहिले ३७ हजार ९५० जना संक्रमित आइसोलेसनमा रहेका छन् ।