न्यादीको दोस्रो बजारमा कारोबार हुन नसक्दा सामलिङ्ग पावर कम्पनीका शेयरधनि पहिलो दिनमै मालामाल

काठमाण्डौ । प्राथमिक शेयर निष्कासन गरेर दोस्रो बजारमा आएको सामलिङ्ग पावर कम्पनी लिमिटेडको पहिलो कारोबार सुरु भएको छ । 

कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २९६ रुपैयाँ ३० पैसामा भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९८ रूपैयाँ ७७ पैसादेखि अधिकतम २ सय ९६ रुपैयाँ ३१ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको थियो । कम्पनीको पहिलो कारोबार अधिकतम रेञ्जबाट सुरू भएको हो ।

न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर कारोबार हुन सकेन । स्पेशल प्रि ओपन सेसन कारोबारमा म्याच नभएपछि कारोबार हुन नसकेको हो ।


अब आज कम्पनीको सेयर कारोबार हुँदैन ।  स्पेशल प्रि ओपन सेसन कारोबारमा म्याच भएपछि मात्र रेगुलर कारोबार खुल्ने प्रावधान छ ।

जस अनुसार अब अर्को साताको पहिलो कारोबार दिन आइतबार फेरि स्पेशल प्रि ओपन सेसनमा कम्पनीको कारोबार खुल्नेछ । सो सेसनमा कारोबार भएमा मात्रै नियमित कारोबार हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय