माधव नेपाललाई बाटो फुकाउन सरकारद्धारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

काठमाडौं - सरकारले राजनीतिक दल सम्बन्धी ऐन संशोधनसम्बन्धी अध्यादेश जारी गरेको छ । ओली सरकारले समेत यस अघि यहि अध्यादेश ल्याउदा चौतर्फि विरोध भएको थियो । 

आज बालुवाटारमा बसेको बैठकले संसदीय दल वा केन्द्रीय समितिका २० प्रतिशत सदस्यले चाहेमा दल विभाजन गर्नसक्ने प्रावधान सहित अध्यादेश जारी गरेको हो ।

अध्यादेश प्रमाणिकरणका लागि आजै राष्ट्रपति कार्यालय पठाइने एक मन्त्रीले जानकारी दिए । अध्यादेशपछि माधव नेपाल समूहलाई पार्टी विभाजन गर्न सहज हुने भएको छ । 

प्रतिक्रिया