काठमाण्डौ । केहि दिन देखि निरन्तर ओलारो लागेको शेयर बजार सोमबार भने उकालो लागेर कारोबार भइरहेको छ । यो समाचार तयार पार्दा सम्म समग्र बजार करिव ३० अंकले बढेर कारोबार भइरहेको छ ।
नेपाल राष्ट बैंकको ब्याजदरमा गरेको नयाँ प्रावधानले शेयर बजारमा यस प्रकारको प्रभाव परेको धेरैको अनुमान छ । नेप्सेसँगै कारोबार रकम पनि एक घण्टाको अवधिमा एक अर्वमाथि पुगेको छ ।