अचाक्ली बढ्यो बैंकको ब्याज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले असोज महिनाकै ब्याजदरलाई कायम राखि प्रकाशित गरेका हुन् ।

नेपाल बैंकर्स सघंको निर्णयानुसार कात्तिक महिनाका लागि बैंकहरुले ब्याजदर नबढाएका हुन् । कात्तिकमा पनि असोज महिनाकै ब्याजदरलाई कायम राख्ने संघको सहमति भएको छ ।

अधिकांश बैंकहरुको अधिकतम ब्याजदर १२.१३ प्रतिशत रहेको छ । बैंकहरुले कात्तिकको लागि व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३३ प्रतिशत, रेमिट्यान्स मुद्दतिमा १३.१३ प्रतिशतदेखि १५.१३३ प्रतिशत ब्याजदर तोकेका छन् । असोज महिनामा व्यक्ति मुद्दतिमा १२.१३३ र संस्थागत तर्फ १०.१३३ प्रतिशत तोकेका थिए । कात्तिकमा पनि सोही ब्याजदर लागू हुने भएको हो ।

कात्तिक महिनामा निक्षेपका लागि ब्याजदर वृद्धि नगरेपनि बैंकहरुले कर्जाको भने बढाएका छन् । उक्त महिनाका लागि कर्जाको ब्याजदर ०.५ प्रतिशतले वृद्धि भएको हो ।

सघंका अनुसार कर्जाका लागि बैंकहरुको आधार दर (बेस रेट) मा अधिकतम ६ प्रतिशतदेखि ७ प्रतिशतसम्म प्रियियम जोडिन्छ । जसका आधारमा बैंकले कर्जाका लागि १८ प्रतिशतसम्म ब्याज लिने भएका हुन् । असोज महिनामा कतिपय बैंकहरुको आधार दर नै ११ प्रतिशत भन्दा बढी छ ।

भदौ महिनासम्मको तथ्याङ्क अनुसार सिभिल बैंकको आधार दर सबैभन्दा बढी देखिएको छ । बैंकको आधार दर ११.१५ प्रतिशत रहेको छ ।

यस्तै, कुमारी बैंकको आधार दर १०.८७ प्रतिशत, सनराइज बैंकको १०.८१, सेञ्चुरी बैंकको १०.७५, सिटिजन बैंकको १०.५५ र एनसीसी बैंकको १०.५२ प्रतिशत रहेको छ ।

नयाँ ब्याजदरमा एभरेष्ट बैंकको आधारदर ९.२५, स्टयान्डर्ड चार्टर्ड बैंकको ८.४५, नेपाल इन्भेष्टमेन्ट बैंकको ९.१३, कृषि विकास बैंकको ९.२७, राष्ट्रिय वाणिज्य बैंकको ७.८६, सिद्धार्थ बैंकको ९.८५, नेपाल बैंकको ८.९१, प्रभु बैंकको ९.६२ र नबिल बैंकको आधारदर ८.७७ प्रतिशत रहेको छ ।

यता, मेगा बैंकको आधार दर १०.४६ प्रतिशत, माछापुच्छ«ेको १०.३३ प्रतिशत, एनआईसी एशिया १०.३३, लक्ष्मी बैंक १०.३१, बैंक अफ काठमाण्डूको १०.२८, नेपाल एसबिआईको १०.०६, सानिमा १०.०४, एनएमबि १०.०२, ग्लोबल आइएमई १०.०१, प्राइम बैंक ९.९९, हिमालयन बैंक ८.७७ प्रतिशत रहेको छ । यी बैंकहरुबाट कर्जा लिँदा प्रियिम ७ प्रतिशत जोडिने छ ।

प्रतिक्रिया