काठमाडौं । चैत महिनाका लागि देशभरका विभिन्न बैंकहरूले ब्याजदर समायोजन गरेका छन्। वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा फागुन महिनाकै ब्याजदर निरन्तरता दिए पनि केही बैंकले ब्याजदर घटाएका छन्। लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र हिमालयन बैंकले ब्याजदर घटाएपछि औसत ब्याजदर ०.०८ प्रतिशतले घटेर ५.९३ प्रतिशतमा झरेको छ, जुन फागुनमा ६.०१ प्रतिशत थियो।
व्यक्तिगत मुद्दती खातामा ८ बैंकले ब्याजदर समायोजन गरेका छन्। तीमध्ये ५ बैंकले ब्याजदर बढाएका छन् भने ३ बैंकले घटाएका छन्। कुमारी बैंकले ०.१० प्रतिशत, एनएमबि बैंक, एनआईसी एसिया बैंक, हिमालयन बैंक र नबिल बैंकले समान ०.२५ प्रतिशतले ब्याजदर बढाएका छन्। माछापुच्छ्रे बैंकले ०.५०, सानिमा बैंकले ०.३० र नेपाल बैंकले ०.२० प्रतिशतले ब्याजदर घटाएका छन्।
संस्थागत मुद्दती निक्षेपतर्फ सात बैंकको ब्याजदर परिवर्तन भएको छ। राष्ट्रिय वाणिज्य बैंक, एनएमबि बैंक, एनआईसी एसिया बैंकले ०.२५ प्रतिशतले र कुमारी बैंकले ०.२६ प्रतिशतले ब्याजदर बढाएका छन्। त्यस्तै, हिमालयन बैंकले ०.२५, लक्ष्मी सनराइज बैंकले ०.५० र सिटिजन्स बैंकले ०.६५ प्रतिशतले ब्याजदर घटाएका छन्।
बैंकहरूले चैत महिनाका लागि बचत खातामा औसत ३ प्रतिशत ब्याजदर कायम राखेका छन्। व्यक्तिगत मुद्दती निक्षेपमा अधिकांश बैंकले ५ प्रतिशतभन्दा माथिको ब्याजदर तोकेका छन् भने संस्थागत मुद्दती खातामा ३ देखि ४ प्रतिशतसम्म ब्याजदर कायम गरिएको छ।
देशभरका बैंकहरूले ब्याजदर परिवर्तन गरेसँगै निक्षेपकर्ता तथा ग्राहकहरूका लागि नयाँ ब्याजदरको आधारमा आफ्नो निक्षेप व्यवस्थापन गर्ने अवसर खुलेको छ।
बैंक | बचत खाता (%) | व्यक्तिगत मुद्दती (%) | संस्थागत मुद्दती (%) |
---|---|---|---|
कृषि विकास बैंक | ३.०० | ५.०० | ३.०० |
सिटिजन्स बैंक | ३.०० | ५.२५ | ३.०० |
एभरेष्ट बैंक | ३.०५ | ४.२५ | ३.२५ |
ग्लोबल आईएमई बैंक | ३.०० | ५.०० | ३.५० |
हिमालयन बैंक | ३.०४ | ५.०० | ३.२५ |
कुमारी बैंक | ३.०१ | ५.४१ | ३.५१ |
लक्ष्मी सनराइज बैंक | ३.०० | ५.०० | ३.५० |
माछापुच्छ्रे बैंक | ३.०० | ५.०० | ३.५० |
नबिल बैंक | ३.०० | ५.२५ | ३.०० |
नेपाल बैंक | ३.०० | ४.०० | ३.०० |
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक | ३.०० | ५.०० | ३.१५ |
नेपाल एसबीआई बैंक | ३.०२ | ४.५१ | ३.५१ |
एनआईसी एसिया बैंक | ३.१० | ५.५० | ३.५० |
एनएमबि बैंक | ३.०० | ४.२५ | ३.२५ |
प्रभु बैंक | ३.०० | ५.१० | ३.१० |
प्राइम कमर्सियल बैंक | ३.०० | ६.०० | ४.०० |
राष्ट्रिय वाणिज्य बैंक | ३.०० | ४.०० | ३.२५ |
सानिमा बैंक | ३.०४ | ५.०० | ४.३० |
सिद्धार्थ बैंक | ३.०४ | ५.५० | ३.५० |
स्ट्यान्डर्ड चार्टर्ड बैंक | ३.०० | ४.२५ | ३.२५ |