अमेरिकाको टेक्सस राज्यमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ७८ पुगेको छ। रोयटर्सका अनुसार आइतबारसम्म ४१ जना अझै बेपत्ता रहेका छन्। शुक्रबार ग्वाडालुप नदीमा अचानक आएको बाढीले टेक्ससमा ठूलो क्षति पु¥याएको अधिकारीहरूले जनाएका छन्।
सबैभन्दा बढी क्षति केर काउन्टीमा भएको छ, जहाँ १५ बालबालिकासहित ४३ जनाको ज्यान गएको छ। बाढीका कारण टेक्ससका विभिन्न क्षेत्र जलमग्न भएका छन् भने स्थानीय बासिन्दाहरू ठूलो संकटमा परेका छन्।
सरकारी निकायहरूले खोजी तथा उद्धार कार्य जारी राखेका छन्।