काठमाण्डौ । साताको दोस्रो दिन बिहिबार नेप्से प्रिओपन सेसनमा २ अंक भन्दा धेरैले बढेर समग्र बजार २६९५ विन्दुमा पुगेको छ । आइतबार अर्धसतक हाराहारीमा घटेर बजार बन्द भएको थियो ।
सरकारले ल्याएको मौद्रिक नीति र एमसीसी परियोजनाको अन्योलतामा लगानीकर्ता रहेको देखिन्छ । आज यो सेसनमा १५ कम्पनीको शेयर किनबेच भएकोमा १९ लाख ४२ हजार भन्दा धेरेको कारोबार भएको छ । जस मध्य १२ कम्पनीको शेयर मूल्य बढेको छ भने २ कम्पनीको मात्र शेयर मूल्य घटेको छ ।
जीवन विकास लद्युवित्तको शेयर सबै भन्दा धेरे कारोबार हुँदा जलविद्युतमा लगानीकर्ताको धेरै आकर्षण देखिएको छ ।