काठमाण्डौ । बुधबार बजार मापक सूचक नेप्से ३८ अङ्क भन्दा धेरैले घटेर समग्र बजार २८९८ विन्दुमा आएको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेर ६ अर्बमा आएको छ ।
लगानीकर्ताहरूको अन्योलका कारण बजारमा दिनै भरि तिव्र उतार चढाव आएको थियो । आज दिनभरिमा २२८ कम्पनीहरूको शेयर खरिद बिक्री भएकोमा २० कम्पनीहरूको मात्र शेयर मूल्य बढेको छ भने बाँकी सबै कम्पनीहरूको शेयर मूल्य घटेको छ । आज नेप्सेका सबै उपसूचक समेत रातै भएका छन भने जीवन बीमा समूहको उपसूचक सबै भन्दा धेरै घटेको छ ।
बुद्धभूमि नेपाल जलविद्युत कम्पनीको शेयर मूल्यमा सर्किट लाग्दा आज बैंक क्षेत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ । अपि पावरको सबै भन्दा धेरै मूल्यको शेयर खरिद बिक्री हुँदा चिलिमे जलविद्युत कम्पनीको शेयर मूल्य सबै भन्दा धेरै घटेको छ ।