काठमाण्डौ । विभिन्न कम्पनीहरूले आफ्नो अघिल्लो आर्थिक वर्षको आम्दानीबाट शेयर धनीहरूलाई लाभांश घोषणा गरिरहेका छन । यसै बिच नेशनल लाइफ इन्स्युरेन्स कम्पनीले पनि बम्पर बोनस घोषणा गरेको छ ।
कम्पनीले २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको हो । यसले १९ प्रतिशत बोनस सेयर र कर तिर्न १ प्रतिशत नगद लाभांश दिन लागेको हो ।
कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले लाभांश सम्बन्धी निर्णय गरेको हो । नियामक बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र लाभांश वितरण हुनेछ ।