रवि लामिछानेको पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं - पूर्व सञ्चारकर्मी रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । शुक्रबार दल गर्दा गर्दै आयोगले प्रमाणपत्र समेत दिएको छ ।

उनीहरुले चुनाव चिन्ह गोलाकार भित्रको घन्टी पाएका छन् । दल दर्तापछि लामिछानेले अत्यन्तै खुसी भएको र आजदेखि औपचारिक रुपमा पार्टी दर्ता भएको बताए । उनले गोलाकार भित्रको घण्टी चुनाव चिन्ह पाएको सञ्चारकर्मीहरुलाई जानकारी गराएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीको छोटकरी नाम रास्वपा हुने र अंग्रेजीमा ‘नेश्नल इन्डेपेन्डेन्ट पार्टी’ संक्षिप्तमा ‘एनआपी’ हुने भएको छ । पार्टीको नामका विषयमा पछि कानुनी प्रक्रिया अघि बढे सोहीअनुसार आफू पनि प्रक्रियामा अघि बढ्ने लामिछानेले बताए । 

आयोगको गरेको निर्णय पार्टीका प्रवक्ता डा.मुकुल ढकालले वाचन गरेका सुनाए । जसमा भनिएको छ– ‘नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन २०७३, राजनीतिक दलसम्बन्धी नियमावली २०७३, प्रचलित संसदीय कानुन बमोजिम पालना गर्ने सर्तमा राजनीतिक दलसम्बन्धी २०७३ को दफा ४ र ५ बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी, संक्षिप्तमा रास्वपा र अंग्रेजीमा ‘नेश्नल इन्डेपेन्डेन्ट पार्टी’ संक्षिप्तमा ‘एनआपी’ नामक राजनीतिक दल दर्ता गरी आयोगले दल दर्ताको कितावमा अभिलेखीकरण गर्ने निर्णय भएको छ ।’

आयोगमा पुगेका सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै लामिछानेले दल दर्तापछि अब जनताको बीचमा जाने बताए । उनले भने– ‘हाम्रो राजनीतिक पार्टी दर्ता भएको छ । अब जनता माझमा जानुपर्नेछ । केही कुरा मात्र भनेका छौँ, सबै कुरा भन्न बाँकी नै छ ।

औपचारिकता पाएपछि अब चरणबद्ध रुपमा हामी हाम्रा कार्यक्रम गर्दै जान्छौँ । विभिन्न भेलाहरु गर्दै पार्टीले आफ्नो कमिटी गठन गर्दै जानुपर्नेछ । ती कार्यहरुलाई हामी क्रमशः आवश्यकताअनुसार काम गर्र्दै अगाडि बढ्छौँ । आजबाट नै अझ बढी हाम्रो सक्रियता हुनेछ ।’

प्रतिक्रिया