कतिमा भयो बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर कारोबार

काठमाण्डौ । धितोपत्र दोस्रो बजार नेपाल नेप्से मा आज माघ ४ गते बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको पहिलो कारोबार भएको छ ।

स्पेसल प्रि ओपनिङले सेसनमा कम्पनीको प्रतिकित्ता २४६ रुपैयाँ ७० पैसा कारोबार भएको छ ।  नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्यूनतम ८४ रुपैयाँ ०५ पैसादेखि अधिकतम २ सय ५२ रुपैयाँ १५ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको थियो ।

कम्पनीको सेयर नेप्सेमा माघ २ गते, आइतबार सूचीकृत भएको हो जसअनुसार माघ ३ गते स्पेसल प्रि ओपन सेसनमा कारोबार हुनु पर्ने थियो । तर, उक्त दिन स्पेसल प्रि ओपन सेसनमा कारोबार हुन सकेन। त्यसैले यस दिन कम्पनीको पहिलो कारोबार भएको हो ।

प्रतिक्रिया