चुनावको प्रतीक्षामा लगानीकर्ता, अर्धशतक हाराहारीमा बजार घट्दा कारोबार रकम ६ अर्ब नजिक

काठमाण्डौ । साताको पहिलो दिन बजार मापक सूचक नेप्से ४० अंक भन्दा धेरैले घटेर समग्र बजार २८३६ विन्दुमा आएको छ । गत हप्ता पनि बजार घटेरै बन्द भएको थियो ।

नेप्से सूचक घटे पनि कारोबार रकम भने ५ अर्ब ८३ करोड भन्दा माथि पुगेको छ । सरकारले निर्वाचनको मिति तय गर्ने विषयले बजारमा अन्योलता सिर्जना गरेपछि आज बिक्री चाप परेको छ । 

दिनै भरिमा २२८ कम्पनीको शेयर किनबेच भएकोमा १३ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने बाँकी सबैको शेयर मूल्य घटेको छ । अरुण भ्याली जलविद्युत कम्पनीको सबै भन्दा धेरै कारोबार हुँदा नेप्सेका सबै उपसूचकहरुमा रातो पोतिएको छ । 

बीमा समूहको उपसूचक सबै भन्दा धेरै घट्दा ७३  हजार भन्दा धेरै पटक शेयर किनबेच भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय