गगन थापाको भाग्यको फैसला आज हुने,सबैभन्दा धेरै मत ल्याउने अनुमान

काठमाडौं - नेपाली कांग्रेसको १४ औं महाधिबेसन सम्पन्न भएको छ भने सभापतिमा शेर बहादुर देउवा निर्वाचित भएका छन् । उनले द्रोसो चरणको चुनावमा अर्का प्रत्यासी शेखर कोइरालालाइ पराजित गरेका हुन् । 

यसै बीच निर्वाचन समितिले पदाधिकारीको मत आज दिउँसोबाट गणना गर्ने तयारी गरेको छ । १२ बजेपछि मत गणना हुने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनु भयो ।

सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यको मत पार्टी कार्यालय सानेपामा राखिएको छ । अब गगन,विश्व प्रकाश र प्रदीप पौडेलको मतलाई चासोका साथ हेरिएको छ । गगन थापाले पपुलर मत ल्याएर जित्ने धेरैको अनुमान छ । 

प्रतिक्रिया