३० वैशाखमा सार्वजनिक बिदा दिन सरकारसँग आयोगको सिफारिस

काठमाडौ - निर्वाचन आयोगले बैशाख ३० मा सार्वजनिक बिदा दिन सिफारिस गरेको छ ।

आयोगले पत्रकार सम्मेलन गरेर स्थानीय निर्वाचन सफल बनाउन ३० गते सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको हो ।

विगतमा निर्वाचन हुने दिन सरकारले सार्वजनिक बिदा दिने गरेको थियो ।
आयोगको सिफारिस अनुसार ३० गते सार्वजनिक बिदा हुने छ ।

३० गते सार्वजनिक बिदा भएमा लगातार ४ दिनसम्म सार्वजनिक बिदा हुने छ । असोज ३१ गते शनिबार परेको छ ।

जेठ १ गतेदेखि लागू हुने गरेर सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

जेठ १ गते आइतबार सार्वजनिक बिदा हुने छ । जेठ २ गते बुद्ध पूर्णिमा परेको हुँदा सार्वजनिक बिदा हुने छ ।

प्रतिक्रिया