काठमाण्डौ । साताको पहिलो दिन शेयर बजारमा उत्साह आएको छ । कारोबार सुरु भएको एक घण्टाको अबधिमा ८० अंक भन्दा धेरैले बढेर २ अर्ब बराबरको कारोबार भएको छ ।
योसँगै बजार फेरी २९ सय नजिक पुग्न थालेको छ । सरकारले हिजो मात्र जेठ भित्र चुनाव गर्ने गठबन्धन बीच समझदारी गरेपछि बजारमा रौनक आएको हो ।
गत हप्ता करिव २ सय हाराहारीमा घटेको बजार यो हप्ता भने केहि माथि जाने धेरैको बुझाई छ । यो समाचार तयार पार्दा सम्म अधिकांस कम्पनीहरुको शेयर मूल्य बढेर खरिद बिक्री भएको छ ।