मंगलबार पनि शेयर बजारमा रौनक देखियो,प्रिओपन सेसनमा कतिले बढ्यो नेप्से ?

काठमाण्डौ । यो हप्ता लागेसँगै शेयर बजार निरन्तर उकालो लागिरहेको छ । पुसको अन्तिम हप्ता बुधबार मात्र घटेर अरु दिन बढेको बजार माघको पहिलो हप्ता सम्म आइपुग्दा विगत ४ महिना यताकै उच्च विन्दुमा पुगेको छ । सोमबार तिव्र उतार चढावका बिच २० अङ्कले बढेको बजार ३ हजार विन्दुमा पुग्ने सङ्घारमा रहेको छ । 

आज मंगलबार प्रिओपन सेसनमा नेप्से ५ अङ्क भन्दा धेरैले बढेर समग्र बजार २९५३ विन्दुमा पुगेको छ ।  २५ कम्पनीहरूको २७ लाख ४४ हजार भन्दा धेरैको शेयर खरिद बिक्री भएको छ भने कारोबार भएका मध्य १२ कम्पनीहरूको शेयर मूल्य बढेको छ त्यस्तै ७ कम्पनीको शेयर मूल्य घट्दा बाँकी कम्पनीहरूको भने यथावत रहेको छ । 

मध्य भोटेकोशी जलविद्युत कम्पनीको आज सबै भन्दा धेरै मूल्यको शेयर खरिद बिक्री भएको छ भने हिमाल दोलखा जलविद्युत कम्पनीको शेयर मूल्य सबै भन्दा धेरै घटेको छ । 

प्रतिक्रिया