आज शेयर बजारमा धेरै कमाउने चार कम्पनी


काठमाडौं–पछिल्लो समय शेयर बजारमा लगानीकर्ता आकर्षित भएका छन् । बुधबार शेयर बजारमा कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.९५ अङ्कले बढेर २ हजार ८०१.५२ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ३.९८ अंकले बढेर ५२५.४४ मा पुगेको छ ।


केही कम्पनीको शेयरमा उछाल आएको छ । पञ्चकन्या माई हाइड्रोपावर र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भयो । मानुषी लघुवित्त, तेहूथुम पावर कम्पनीको ९.९९ प्रतिशतले वृद्धि भयो ।


कूल २२४ कम्पनीको १ करोड १९ लाख ४३ हजार ८५८ कित्ता शेयर रु ७ अर्ब ३७ करोड ९४ लाख ४६ हजार ८२० मूल्यमा खरिद बिक्री भए ।
कारोबार भएका १३ उपसमूह मध्ये बैंकिङ ४.७२, व्यापार २५.६४, होटल तथा पर्यटन ५१.५२, जलविद्युत् ७१.९८, वित्त ३२.४२, अन्य १०५.२८ र लघुवित्त ८.६८ अंकले बढेको छ । विकास बैंक ७५.७९, निर्जीवन बीमा ६.२३, उत्पादन १००.६, जीवन बीमा ८४.७१, सामूहिक लगानी कोष ०.०२ र लगानी ०.५२ अङ्कले घटेका छन् ।


कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रह््यो । सो कम्पनीको ५८ करोड ६८ लाख ६२ हजार ९५५ बराबरको कारोबार भयो । यस्ते, महालक्ष्मी विकास बैंक ३८ करोड ५६ लाख, एशियन लाइफ इन्स्योरेन्स ३३ करोड ६६ लाख ४० हजार ७४५, नेशनल हाइड्रोपावर २६ करोड ३१ लाख १२ हजार २१९ बराबरको कारोबार भयो ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय