काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बित भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई पदबाट निलम्बन गर्ने निर्णय गरेको हो।
उच्च अदालतका पूर्व न्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा बनेको समितिले आइतबार सरकारलाई प्रतिवेदन बुझाएको थियो। त्यसपछि बसेको मन्त्रिपरिषद् बैठकले सो प्रतिवेदनकै आधारमा ओझालाई निलम्बन गर्ने निर्णय गरेको हो।
समितिले ओझाको योग्यता कानुनअनुसार अपूरो रहेको, बीमा क्षेत्रसँग सम्बन्धित आवश्यक अनुभव अभाव भएको र कार्यक्षमताबारे प्रश्न उठेको निष्कर्ष प्रतिवेदनमा उल्लेख गरेको थियो।
ओझालाई सरकारले गत फागुन १२ गते बीमा कम्पनीहरूको नियामक निकाय नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो।