सोमबार पनि नेप्सेमा रौनक आउने संकेत,प्रिओपन सेसनमा कतिले बढ्यो नेप्से ?

काठमाण्डौ । साताको दोस्रो दिन सोमवार प्रिओपन सेसनमा नेप्से करिव सात अंकले बढेर समग्र बजार २७७२ विन्दुमा पुगेको छ । आइतबार पनि ७३ अंकले बजार बढेर बन्द भएको थियो । 

आज यो सेसनमा ३७ कम्पनीहरुको ४८ लाख भन्दा धेरैको शेयर खरिद विक्री भएको छ । कारोबार भएका मध्य २८ कम्पनीहरुको शेयर बढेको छ भने ३ कम्पनीको मात्र शेयर मूल्य घटेको छ । साथै बाँकी कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ । 

यो सेसनमा आज बेष्ट फाइनान्स कम्पनीको शेयर सबै भन्दा धेरे खरिद विक्री भएको छ भने आधा दर्जन भन्दा धेरै कम्पनीहरुको शेयर मूल्य २ प्रतिशत हाराहारीमा बढेको छ । 

प्रतिक्रिया