देउवाले पहिलो चरणमै जित्ने संकेत

काठमाडौं - नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मतदान राती १२ बजे सकिएको छ । यो सँगै अहिले मत गणनसुरु भएको निर्वाचन समितिले जनाएको छ । 

सभा गृहमा ३ ठाउँमा गणना सुरु भएको साथै ३ घण्टामा नतिजा आइसक्ने समितिको भनाइ छ ।

कांग्रेस सभापतिमा ५१ प्रतिशत मत ल्याउनु पर्ने भएको हुँदा पुन्मतदान समेत गर्नु पर्ने सम्भावनालाई ख्याल राखी गणना छिटो गरिएको हो । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।

कांग्रेसको सभापतिका लागि शेरबहादुर देउवासँगै शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।

ताजा अवस्था

१२०० मतगणना गर्दा 

शेरबहादुर देउवा  ५८२

डा. शेखर कोइराला ४५५

प्रकाशमान सिंहले १०५, 

विमलेन्द्र निधिले १०५ 

कल्यण गुरूङले ४ मत पाएका छन् ।

 

प्रतिक्रिया