खोटाङमा चट्याङले दुई महिला गम्भीर घाइते

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीमा बिहीबार चट्याङ लाग्दा दुई महिला गम्भीर घाइते भएका छन्।

वर्षासँगै परेको चट्याङका कारण कृष्णमाया खड्का र देविका भुजेल घाइते भएको स्थानीय प्रशासनले जनाएको छ। कृष्णमाया खड्का आफ्नै घरभित्र भान्साको काम गरिरहेकै बेला चट्याङले ठक्कर दिँदा उनी बेहोस भएकी हुन्। चट्याङ परेको बेला घरभित्र आगोको ज्वाला पसेजस्तो देखिएको थियो भन्ने स्थानीयको भनाइ छ।

त्यस्तै, देविका भुजेल चट्याङको डरले अत्तालिएर ठोक्किँदा टाउकोमा गम्भीर चोट लागेको गाउँपालिका प्रवक्ता भूपेन्द्र बस्नेतले जानकारी दिए। उनलाई टाउकोमा पाँच टाँका लगाइएको छ।

घाइते दुवै महिलाको दिप्रुङ चुइचुम्मा–२ डाँडागाउँस्थित आधारभूत अस्पताल ओख्रेमा उपचार भइरहेको छ। गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले उनीहरूलाई आफ्नै गाडीमा राखेर उपचारका लागि अस्पताल पु-याएका थिए।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय