काठमाण्डौ । राईट शेयर सूचिकृत भएसँगै हाइड्रो इन्भेष्मेन्ड एण्ड डेब्लबमेन्ड कम्पनी (HIDCL) को शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पर्दा सम्म कम्पनीको शेयर २ लाख ६७ हजार कित्ता भन्दा धेरैको कारोबार भएको छ ।
४ लाख ६६ हजार कित्ताको शेयर विक्रीमा राखिएको बेला आज मात्र ३५ रुपैयाँले घटेर कारोबार भएको छ । योसँगै कम्पनीको शेयर मूल्य ३ सय १५ रुपैयाँ कारोबार भइरहेको छ । कम्पनीको सत प्रतिशत राईट शेयर निष्कासन गरेको थियो योसँगै बजारमा १४ करोड कित्ता शेयर पुगेको छ । त्यसैले पनि आज विक्री चाप आएको अनुमान गर्न सकिन्छ ।
आईतबार नेप्सेमा निकै उतार चडाव भएको छ । यो समाचार तयार पार्दा सम्म नेप्से ५ अंकले बढेर कारोबार भइरहेको छ ।