धितोपत्र बोर्डमा कस्ले मार्ला बाजी ? यस्ता छन् छनौट भएका ३ दावेदार

काठमाडौं । लामो समय रोकिएको धितोपत्र बोर्डको प्रारम्भिक छनौट भएको छ । 

सोमबार बसेको सिफारिस समितिको बैठकले बोर्डको अध्यक्षका लागि रमेश हमाल, कृष्णराज पोखरेल र डा. गोपाल भट्टको नाम सिफारिस गरेको  छ । अब बस्ने मन्त्रिपरिषदको बैठकले यी तीन जनामध्येबाट एक जनालाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने छ ।

बोर्डको अध्यक्षको लागि १५ जनाको आवेदन परेको थियो । १५ जनाबाट ५ जना हुँदै ३ जनाको नाम छनोटमा परेको छ । ५ जनामध्येसँग गरिएको अन्तर्वार्तामा सहभागीमध्ये निरज गिरी र खगेन्द्र कटुवाल हटेका छन् ।

सर्वोत्तम सिमेन्ट सेयर प्रकरणमा मुछिएपछि बोर्डका तत्कालिन अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले जाँचबुझ समितिको प्रतिवेदनका आधारमा असोजमा बर्खास्त गरिसकेको छ । अब बोर्डमा अध्यक्ष हुनेले २ वर्ष काम गर्न पाउनेछन् ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय