टेलिकमको शेयर मूल्यमा ठुलो गिरावट आएसँगै नेप्से दोहोरो अङ्कले घट्यो,एनटिसी घट्नुको कारण यस्तो छ ? 

काठमाण्डौ । साताको तेस्रो दिन मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से घटेपनि कारोबार रकम भने औषतनै रहेको छ । सोमबार एक बजे सम्म मात्र कारोबार भएका शेयर बजार आज भने दिनैभरि चलेको थियो । 

आज नेप्से परिसूचक १७।१५ अंकले घटेर २६५०।९७ अंकमा आएको छ । त्यस्तै, आज दिनभरिमा २२९ कम्पनीको ६५ लाख २९ हजार २६ कित्ता शेयर ४६ हजार २८७ पटक किनबेच हुँदा ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १७५ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

मंगलबार होटल तथा पर्यटन समूह ३।१६ प्रतिशत, निर्जीवन बीमा समूह ०।५६ प्रतिशत, जीवन बीमा समूह ०।७२ प्रतिशत र म्युचुअल फण्ड समूह ०।६१ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकिङ्क समूह ०।६८ प्रतिशत, ब्यापार समूह १।०६ प्रतिशत, विकास बैंक समूह ०।२८ प्रतिशत, जलविद्युत समूह १।४४ प्रतिशत, फाइनान्स समूह ०।५१ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ तथा प्रो। समूह १।६२ प्रतिशत, अन्य समूह १।५१ प्रतिशत, माइक्रोफाइनान्स समूह ०।७७ प्रतिशत र इन्भेष्टमेन्ट समूह ०।८२ प्रतिशतले शयेर मूल्य घटेको छ ।

मंगलबार इमर्जिङ नेपालको शेयर मूल्य ९।९८ प्रतिशत बढेको छ भने एनटिसीको शेयर मूल्य ५।१३ प्रतिशतले घटेको छ । ठुलो बजार हिस्सा भएको एनटिसीको शेयर मूल्यमा गिरावट आएका कारण समग्र बजार घटेको धेरैको बुझाइ छ । आज मात्र यो कम्पनीले ४० प्रतिशत बोनस घोषणा गरेको थियो । तर यस अगाडीनै यो खवरले शेयर मूल्य उच्च भएका कारण आज मूल्य घटेको हो । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय