लघुवित्तले सवा तीन लाख कित्ता आईपीओ निष्कासन गर्ने


काठमाडौं–लामो समयसँग रोकिएका आईपीओ एकपछि अर्को धमाधम निष्कासन गर्न थालेका छन् ।  धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेडले ३ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ ।


धौलागिरी नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको लघुवित्त संस्था हो । संस्थाले २०७५ फाल्गुण १ देखि वित्तीय कारोबार गर्दै आइरहेको छ । हाल संस्थाले २० जिल्लामा ४६ वटा शाखामार्फत करिब ३४ हजार ५०० सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । 


आईपीओ निष्कासनका लागि प्रत्याभूतिकर्ता (अण्डरराइटर) मा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।सम्झौतामा धौलागिरी लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) मीनबहादुर बोहरा तथा प्रभुका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय