आज महिला लद्युवित्तको शेयर मूल्य किन घट्यो यति धेरै ?

काठमाण्डौ । बम्पर बोनस दिएको महिला लद्युवित्तको शेयर मूल्य विहिबार समायोजन हुँदै छ । कम्पीले आँउदो २२ गते साधारणसभा बोलाएको छ भने १६ गते बुकक्लोज समेत राखेको छ । त्यसैले कम्पनीको मूल्य समायोजन हुन लागेको हो । 


नेप्सेले लघुवित्तको ४७।५० प्रतिशत बोनस शेयर समायोजनपछि प्रतिकित्ता ३ हजार ६५८।९८ रुपैयाँ मुल्य तोकेको छ । अघिल्लो कारोबार दिन बुधबारको अन्तिम मूल्यका आधारमा नेप्सेले बोनस समायोजन गरी लघुवित्तको शेयरमूल्य निर्धारण गरेको हो । बुधबार लघुवित्तको शेयर प्रतिकित्ता ५ हजार ३९७ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।

लघुवित्तले मंसिर २२ गते बुधबार हिमालय दृश्य रिसोर्ट, धुलिखेल काभ्रेमा बिहान १०ः३० बजे चौथो वार्षिक साधारण सभा डाकेको छ । सभाले ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।

प्रतिक्रिया