काठमाडौं - कोरोना संक्रमण व्यापक बनेपछि बैंक तथा वित्तीय संस्थाले प्रवेशको लागि खोप कार्ड अनिवार्य गर्न थालेका छन् ।
मेगा बैंकले कुनै पनि शाखा वा कार्यालयहरुमा प्रवेशका लागि कोरोना विरुद्धको लगाईएको खोप कार्ड अनिवार्य गरेको छ । त्यस्तै ग्लोवल आईएमई बैंकमा पनि कार्ड देखाउनु पर्ने छ ।
बैंकले कोरोना संक्रमण जोखिमलाई नियन्त्रणका लागि भोलि अर्थात माघ ७ गतेदेखि कुनै पनि शाखा कार्यालयहरुमा प्रवेशका लागि अनिवार्य रुपमा कोभिड विरुद्धको खोप लगाएको कार्ड चाहिने व्यवस्था गरेको हो ।
यद्यपि, कोरोना विरुद्ध खोप लगाएको कार्डको मोबाइलमा फोटो भएपनि देखाउनुपर्ने बैंकद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।