कांग्रेस विभाजनको पक्षमा छैनौँ : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको १५औँ महाधिवेशन पूर्वसभापति शेरबहादुर देउवाकै नेतृत्वमा हुने दाबी गरेका छन्।

राष्ट्रिय भेलास्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भेलाका आयोजक समितिका संयोजकसमेत रहेका कोइरालाले आफू पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पारे।

उनले पार्टीलाई समयअनुसार परिमार्जन गर्दै अघि बढ्नुपर्ने बताउँदै राष्ट्रिय भेला त्यसैका लागि आयोजना गरिएको बताए। ‘हामीलाई समयअनुसार परिमार्जित गर्दै जानुपर्छ, यस्तै भेलाले गर्ने हो। विभाजन आउने सम्भावना कम छ। आयो भने सिचौँला। तर अर्को पार्टी खोल्ने पक्षमा म छैन,’ उनले भने।

कोइरालाले १५औँ महाधिवेशन देउवाको नेतृत्वमा नहुने अवस्था आएमा त्यसबारे छलफल गरेर आवश्यक निर्णय लिइने बताए।

कांग्रेसभित्र महाधिवेशनको नेतृत्व र पार्टीको आगामी दिशाबारे विभिन्न धारणा सार्वजनिक भइरहेका बेला कोइरालाको यस्तो भनाइ आएको हो।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय