महाधिवेशन सम्पन्न गर्न एमालेमा एक दर्जन समिति गठन, को–कोले जिम्मेवारी पाए ?


काठमाडौं–महाधिवेशनको तयारीमा जुटेको नेकपा एमालेले आगामी १० औं राष्ट्रिय महाधिवेसनसम्पन्न गर्न विभिन्न १२ वटा समिति बनाएको छ । महाधिवेसन मूल व्यवस्थापन समितिको आज च्यासलमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।


महाधिवेशन आयोजक समितिमा पार्टी अध्यक्ष केपी ओली पक्षका धेरै नेताले जिम्मेवारी पाएका छन् । संयोजक रामबहादुर थापा (बादल)को संयोजकत्वमा बसेको बैठकले प्रतिनिधि व्यवस्थापन समिति, प्रचारप्रसार समिति, अतिथि सत्कार समिति, खाद्य व्यवस्थापन समिति, स्वयमसेवक परिचालन गठन गरेको छ । यस्तै, मञ्च व्यवस्थापन समिति, सांस्कृतिक समिति, जनपरिचालन समिति पनि बनाइएको मूल समितिका सदस्य रघुजी पन्तले जानकारी दिए । एमाले महाधिवेसन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।


एमालेद्वारा गठित विभिन्न समितिका संयोजकहरु 
प्रतिनिधि व्यवस्थापनः विष्णु पौडेल
जनपरिचालनः सुरेन्द्र पाण्डे
प्रचारप्रसारः योगेश भट्टराई
स्वास्थ्यः भानुभक्त ढकाल
आर्थिकः विष्णु रिमाल
मञ्च व्यवस्थापनः शेरबहादुर तामाङ
अतिथि सत्कारः राजन भट्टराई
आवास व्यवस्थापनः कृष्णभक्त पोखरेल
स्वयमसेवक परिचालनः विनोद श्रेष्ठ
यातायात व्यवस्थापनः काशीनाथ अधिकारी
खाद्य व्यवस्थापनः कपिल पोखरेल ÷पार्वती रावल
मुल व्यवस्थापन समितिः बादल

प्रतिक्रिया