काठमाण्डौ । शेयर बाँडफाँड भएको करिव २ महिना पछि नेपाल स्टक एक्सचेञ्जमा विहिबार मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको साधारण सेयर सूचिकृत भएको सँगै आज आईतबार देखी दाेर्सो बजारमा कारोबार हुँदै छ । ।
स्टकका अनुसार कम्पनीको ६ करोड कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत भएको हो । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि MBJC सिम्बोल प्राप्त गरेको छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९४ रूपैयाँ ३९ पैसादेखि अधिकतम २ सय ८३ रुपैयाँ १७ पैसासम्म ओपनिङ रेञ्ज कानिर्धारण गरेको छ ।
यसरी हेर्दा लगानीकर्ताले पहिलो दिन नै ३ गुणा फाइदा गर्ने देखिएको छ तर कतिमा कारोबार खुल्छ भन्ने कुरा भने आउन बाकी छ ।