नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी आर्थिक मौद्रिक नीति अर्थतन्त्रलाई चलायमान हुने गरी ल्याउनुपर्ने सुझाव दिएका छन्। आज संसदमा आफ्नो धारणा राख्दै थापाले यस्तो बताएका हुन् ।
'आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदा अर्थतन्त्रलाई चलयमान हुने गरी ल्याउनुपर्छ। तरलतालाई अभाव, चुलिँदो व्यापार घाटा, घट्दो वैदेशिक मुद्रा सञ्चिति, आकाशिदो मुल्यवृद्धि र मागमा संकुचन यी चुनौतीलाई सामना गर्ने गरी मौद्रिक नीति ल्याउनुपर्छ,' थापाले भने।
उनले प्रणाली बाहिर रहेका पैसा सिस्टममा ल्याउनुपर्नेसमेत बताए। 'परियोजनामा आधारित कर्जा बैंकिङ प्रणाली बाहिर रहेका पैसालाई सिस्टममा ल्याउने कुरा, केही घरनाको कब्जामा रहेको इकोनोमीलाई बाहिर ल्याउने आँट मौजुदा नीतिमार्फत गरिनुपर्छ,' थापाले भने।