काठमाडौ - भरतपुर महानगरपालिका नतिजा सबैको चासोको विषय बनिरहेको छ । यसै बीच बेलुकी ६ बजेको नयाँ मतपरिणाम आएको छ ।
पछिल्लो मतपरिणाम अनुसार गठबन्धद्वारा उमेदवार बनेकी रेणु दाहालले ६९२७ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका विजय सुवेदीले ६६७२ मत प्राप्त गरेको छन् । त्यस्तै स्वतन्त्र बाट उमेदवार बनेका जगन्नाथ पौडेलले ३३९१ मत प्राप्त गरेका छन् ।
अहिले सम्म २०४९५ मत गणना भएको छ ।