लगानीकर्ता फकाउन झुट बोल्दै अर्थमन्त्री- टिएमएस अवरोध प्रकरण छानबिनको निर्देशन नदिएको खुलासा

काठमाडौं - नेपालको अर्थतन्त्र अहिले धरासायी भइरहेको छ । महंगीले नेटो काटेको छ । त्यति मात्र होइन अधिकांस आर्थिक सूचक चिन्ताजनक अवस्थामा छन् । तर अर्थमन्त्री भने भाषणमा रमाउँदै हिड्नु भएको छ । 

केही दिन अघि TMS मा आएको समस्याको बारेमा छानबिन गर्न निर्देशन दिएको बताउनु भएको अर्थमन्त्री शर्माले यस्तो कुनै कदम नचालेको खुल्न आएको छ । 

चैत्र ४ गते भएको अर्थ मन्त्रालय मातहतका महालेखा नियन्त्रक कार्यालय, भन्सार विभाग, आन्तरिक राजस्व विभाग, ऋण असुली न्यायाधिकरण, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कृषि बिकास बैंक, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, संचय कोष, राजस्व परामर्श समिति, एमसिसी परियोजना, बिमा समिति, बिमा संस्थान, बिमा कम्पनी, नेपाल राष्ट्र बैंक लगायतको दोस्रो त्रैमासिक समिक्षा कार्यक्रममा अर्थमन्त्रीले नेप्से र सेवोनलाई सोमबार सेयर कारोबारमा आएको समस्यालाई प्राविधिक समस्याका रुपमा मान्न नसकिने भन्दै छानबिनको निर्देशन दिएको बताएका थिए ।

मन्त्रालयद्धारा प्रेसित विज्ञप्तीमा भनिएको छ केही दिनअघि नेप्से बन्द भएको विषयमा ध्यानाकर्षण भएको भन्दै उक्त सममस्याको तत्काल छानबिन गर्न र आइन्दा यस्ता समस्या दोहोरिन नदिन धितोपत्र बोर्ड र नेप्सेका अधिकारीलाई निर्देशन दिएका थिए । ‘ केही दिनअघि नेप्से बन्द भएको कुरा गम्भिर हो । यो सामान्य विषय होइन, त्यसैले अहिलेको नेतृत्वले यो समस्या समाधान गरोस्’ उनले भने, ‘यो प्राविधिक बिषय मात्र होइन जस्तो लाग्छ । यो समग्र पुँजी बजारलाई नै असर गरेको छ ।’

तर उता नियामक निकायले भने त्यस्तो कुनै निर्देशन नआएको बताएका छन् । नेप्से र सेबोनले कतैबाट यस्तो निर्देशन नआएको बताएका हुन । 

 

प्रतिक्रिया