गौतमले लगाए दुर्गाको गालामा थप्पड

बागलुङ । मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईमाथि हातपात गर्न खोज्ने जुत्ता व्यवसायी रामकान्त गौतमलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो २ बजे बागलुङ बजारको लोकतान्त्रिक चोकमा आयोजित सभालाई सम्वोधन गर्न आएका प्रसाईलाई व्यवसायी गौतमले हातपात गर्न खोजेका थिए ।

प्रसाई मंचमा उक्लन लागेको बेला गौतमले हातपात गर्न खोज्दा प्रसाईका सुरक्षा गार्ड र प्रहरीले रोकेर थियो ।

कुटपिट गर्न खोज्ने बागलुङ नगरपालिका वडा नं – ७ का व्यवसायी गौतमलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी मदन केसीले नयाँ विश्वलाई बताउनु भयो । राष्ट्र, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल, बागलुङले लोकतान्त्रिक चोकमा सभा आयोजना गरेको हो ।

रामकान्त गौतमले बागलुङ नगरपालिका -२, धौलागिरि चोकमा लामो समयदेखि जुत्ता व्यवसाय गर्दै आएका छन् । नागरिक बचाउ अभियानका नाममा प्रसाईंले प्रदर्शन गर्ने र गणतन्त्र फालेर राजा ल्याउनेसम्म बताउँदै आएका छन्। हिडन खबर 

प्रतिक्रिया