रवि लामिछानेकाे अभियोग फिर्ता निर्णयविरुद्धको रिटमा बिहीबार पुनः सुनुवाइ

काठमाडौँ । रवि लामिछाने विरुद्धका अभियोग फिर्ता लिने निर्णयविरुद्ध परेको रिटको सुनुवाइ बिहीबारका लागि स्थगित भएको छ।

बुधबार भएको सुनुवाइ ‘हेर्दाहेर्दैमा’ मा परेपछि सोही इजलासमा बिहीबार पुनः सुनुवाइ हुने भएको हो।

सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिने निर्णयविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालत का न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमान को इजलासमा सुनुवाइ भएको थियो।

आज रिट निवेदकतर्फको बहस सम्पन्न भएको छ भने बाँकी प्रक्रिया बिहीबार निरन्तर हुने जनाइएको छ।

प्रतिक्रिया