काठमाण्डौ - आइतबार सतक भन्दा धेरैले घटेर बन्द भएको शेयर बजार सोमवार प्रिओपन सेसनमा समेत करिव २ अंकले घटेर समग्र बजार २८१६ विन्दुमा पुगेको छ ।
यो सेसनमा ५० कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा ९ कम्पनीहरुको मात्र शेयर मुल्य बढेको छ भने २१ कम्पनीहरुको शेयर भने घटेको छ । त्यस्तै १९ कम्पनीहरुको शेयर मूल्य यथावत रहेको छ ।
३८ लाख भन्दा धेरैको शेयर खरिद विक्री हुँदा गोर्खा फाइनान्सको शेयर सबै भन्दा धेरै कारोबार भएको छ ।