बैंकहरूमा अधिक तरलता,कर्जा लगानी भने सुस्त

काठमाडौं: बाह्य अर्थतन्त्रको सुदृढताका बाबजुद आन्तरिक अर्थतन्त्रको सुस्तताले गर्दा बैंक तथा वित्तीय संस्थाहरूमा कर्जाको माग बढ्न सकेको छैन, जसले वित्तीय प्रणालीमा अत्यधिक तरलताको अवस्था सिर्जना गरेको छ।राष्ट्र बैंकका अनुसार भदौ ५ गतेसम्म वित्तीय प्रणालीमा २ खर्ब ४४ अर्ब ४३ करोड ५२ लाख रुपैयाँ अधिक तरलता छ।

बैंकहरूले पछिल्लो चार दिनमा मात्र राष्ट्र बैंकमा झण्डै ३ खर्ब रुपैयाँ निक्षेप गरेका छन्। चालु आर्थिक वर्षमा भदौ ५ गतेसम्म ४५ खर्ब ८६ अर्ब १५ करोडको स्थायी निक्षेप सुविधा (एसडीएफ) बैंकहरूले प्रयोग गरेका छन्।रेमिट्यान्समा सुधार भए पनि कर्जाको माग नबढ्दा वित्तीय प्रणालीमा तरलता समस्या देखिएको हो।

ब्याजदर एकल अंकमा झरेको भए पनि आर्थिक गतिविधि नबढ्दा कर्जाको मागमा सुधार हुन सकेको छैन।हाल बैंकहरूको कर्जा निक्षेप अनुपात ७९.१८ प्रतिशत रहेको छ, जसले बैंकहरूमा करिब साढे ६ खर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको देखाउँछ।

प्रतिक्रिया