काठमाडौंं - बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन वृद्धि भएको छ ।
बैंकहरुले असोज १३ गते ५१ अर्ब २३ करोड निक्षेप संकलन गरेको असोज २४ गतेसम्म ४ अर्ब रुपैयाँले वृद्धि भएको हो । योसंगै उक्त अवधिमा बैंकहरुको निक्षेप संकलन ५१ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।
उक्त अवधिमा वाणिज्य बैंकहरूको निक्षेप वृद्धि भएको छ । वाणिज्य बैंकहरुको निक्षेप १ अर्ब बढेर ४५ खर्ब २३ अर्ब पुगेको हो । यसअघि अर्थात असोज १३ गते ४५ अर्ब २२ करोड रुपैयाँ रहेको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी बढेको छ । बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी १२ अर्बले घटेको हो । योसंगै बैंकहरुको कर्जा लगानी ४७ खर्ब २६ अर्ब रूपैयाँ छ ।
राष्ट्र बैंकका अनुसार सोही अवधिमा वाणिज्य बैंकहरूले ४१ खर्ब ८६ अर्ब रूपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । यसअघि अर्थात असोज १३ गते बैंकहरुले ४१ अर्ब ९७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
बैंकहरुमा निक्षेप संकलन वृद्धि हुँदा सीडी रेसियोमा पनि सुधार आएको छ । उक्त अवधिमा सीडी रेसियो ८७.२९ प्रतिशतबाट घटेर ८७.०५ प्रतिशतमा झरेको छ ।