शेयर बजारलाइ बेवास्ता गर्ने पार्टीलाई भोट नदिन आग्रह

काठमाडौं - अगुवा लगानीकर्ताहरुले शेयर बजारको बेवास्ता गर्ने पार्टीलाई आगामी चुनावमा भोट नदिउँ भन्ने अभियान चलाएका छन् । यसको मुख्य असर अर्थमन्त्रीको पार्टीलाई पर्ने छ । 

यसका लागि लगानीकर्ताले सामाजिक सञ्जालमार्फत ‘नो भोट’ अभियानलाई व्यापक रुपमा अघि बढाउने हालैमात्र निर्णय पनि गरेका छन् । विशेषतः फेसबुकको प्रोफाइल पिक्चर परिवर्तन गर्दै लगानीकर्ताले यो अभियानको सांकेतिक प्रारम्भ थालेका हुन् ।

उनीहरुले ‘पुँजी बजार विरोधीहरुलाई आगामी चुनावमा ‘नो भोट, ४५ लाख लगानीकर्ताको आवाज’ लगायतका विभिन्न खालको स्लोगन राख्दै फेसबुक लगायतका समाजिक सञ्जालमा सेयर र प्रचारप्रसार गरिरहेका छन् । सरकार नियामकका कारण पुँजी बजार दिनदिनै धराशायी बन्दै गएपछि लगानीकर्ताहरुले यस्तो अभियान सुरु गरेका हुन् । ४६ लाखभन्दा बढी व्यक्ति पुँजी बजारमा जोडिएकाले उनीहरुले चलाउने अभियानले राजनीतिमा ठूलो महत्व राख्ने अनुमान छ । 

वर्तमान अर्थमन्त्रीले बजार सुधारका लागि केही कदम नचलेको लगानीकर्ताको गुनासो छ।  

प्रतिक्रिया