उन्नती सहकार्य लघुवित्तको बम्पर बोनस घोषणा

काठमाण्डौ । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ३२ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। काकि १२ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो।


हाल लघुवित्तको चुक्ता पूँजी १७ करोड ६१ लाख ६९ हजार ७०६ रुपैयाँ ३८ पैसा रहेको छ। ३२ प्रतिशतका दरले ५ करोड ६३ लाख ७४ हजार ३०६ रुपैयाँ ४ पैसा बराबरको बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी २३ करोड २५ लाख ४४ हजार १२ रुपैयाँ ४२ पैसा पुग्नेछ।


 

प्रतिक्रिया