काठमाण्डौ – मुग्लिन–नारायणगढ सडक खण्डको सिमलतालमा पहिरो खसेर अवरुद्ध भएको सडक पुनः खुलेको छ। राति झन्डै १ बजे पहिरोले सडक अवरुद्ध भएको थियो, जुन बिहान ५:३० बजेबाट दुईतर्फी नै खुला भएको छ।
सडक अवरुद्ध हुँदा रोकिएका गाडीहरू गन्तव्यतर्फ लागेका छन्, जसले गर्दा अहिले मुग्लिन–नारायणगढ...}
काठमाडौँ — जेठमा आयात–निर्यात उल्लेख्य रूपमा बढे पनि गत वर्षको तुलनामा समग्र वैदेशिक व्यापार घटेको छ। भन्सार विभागका अनुसार जेठमा १ खर्ब ५० अर्ब ३४ करोडको वस्तु आयात र १३ अर्ब ८ करोडको वस्तु निर्यात भएको छ, जुन ११ महिनाको तुलनामा उच्च हो।
चालु आर्थिक वर्षको ११ महिनामा कुल आयात १४ खर्ब...}
बुटवल । बुटवलको मिलनचोकमा रहेको डेल्टा एजुकेसन मार्टमा बिहीबार साँझ ७ बजेतिर भएको भीषण आगलागी ५ घण्टापछि नियन्त्रणमा आएको छ। आगलागी मध्यरातमा नियन्त्रणमा आए पनि मार्टको भुईं तलाको आगो बिहान ७ बजेसम्म दुई वटा दमकलले निभाउँदै गरेका थिए।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी मनोह...}
काठमाण्डौ । विगत ६ महिनादेखि नेतृत्व विहिन बनेको धितोपत्र बोर्डको प्रमुख चयन प्रक्रियामा राजनीतिक किचलो सुरु भएको छ । अर्थमन्त्री वर्षमान पुन,पूर्व प्रधानमन्त्री केपी ओली र प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाको स्वार्थका कारण लामो समयदेखि यो प्रक्रिया अन्योलमा परिरहेको छ ।
केहि समय पहिला...}
काठमाडौं । विभिन्न माग अघि सारेर आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर चालकले आन्दोलन स्थगित गरेका छन्।
हिजो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार नेपाल आयल निगमसहित भएको छलफलमा चालकका मागको बारेमा अध्ययन गर्न एक समिति बनाउने निर्णय भएपछि आन्दोलन स्थगित भएको हो।
चालकहरूले हि...}