चितवन: चितवनको भरतपुर महानगरपालिकास्थित बाइपास सडकखण्डमा एक युवकमाथि लात्ती बर्साउने जुनियर प्रहरी अधिकृतलाई निलम्बन गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गौतम मिश्रका अनुसार घटनामा संलग्न प्रहरी सहायक निरीक्षक बुद्धिबहादुर घर्ती भुजेललाई निलम्बन गरिएको हो। घटना सार्वजनिक भएपछि चितवन प्र...}
वासिङ्टन डिसी। करिब १२ घण्टा सेवा बन्द गरेपछि टिकटकले फेरि अमेरिकामा आफ्नो सेवा सुचारु गरेको छ। नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एपलाई प्रतिबन्धबाट जोगाउन पहल गर्ने वाचा गरेपछि कम्पनीले यो कदम चालेको हो।
टिकटकले आफ्नो प्रयोगकर्तालाई स्वागत गर्दै भन्यो, "तपाईँको धैर्यका लागि धन्यवाद। र...}
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। अमेरिकी डलरको खरिददर १ सय ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर १ सय ३८ रुपैयाँ ८८ पैसा तोकिएको छ।
युरोपियन युरोको खरिददर १ सय ४२ रुपैयाँ ०३ पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ ६५ पैसा रहेको छ। युके पाउन्ड स्टर्लिङको खरिददर १ सय ६८ रु...}
नेपाल राष्ट्र बैंकले आइतबार निक्षेप संकलन बोलकबोल उपकरणमार्फत ५५ अर्ब २५ करोड रुपैयाँ बजारबाट खिचेको छ। बैंकिङ क्षेत्रमा तरलता अत्यधिक भएकाले राष्ट्र बैंकले यो कदम उठाएको हो।
यसका लागि राष्ट्र बैंकले २१ दिनका लागि ६० अर्ब रुपैयाँको निक्षेप संकलनको बोलकबोल आह्वान गरेको थियो। यसमा १४ वटा बैंक तथा व...}
काठमाडौं। नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेर १ लाख ५७ हजार १०० रुपैयाँमा झरेको छ।
शुक्रबार छापावाल सुन तोलामा १ लाख ५७ हजार ९०० रुपैयाँ रहेको थियो। यस्तै, चाँदीको मूल्य...}