काठमाडौं–नेपालमा सिमित व्यक्ति तथा व्यापारिक घरानाका लगानी भएका कम्पनीलाई पव्लिक कम्पनी बनाएर आईपीओ जारी गर्ने प्रचलन सुरुवात भएको छ । शेयर कारोबारका खेलाडी अम्बिका प्रसाद पौडेल , आईएमई ग्रुप लगायतको लगानी रहेको कम्पनी हाथवे इन्भेष्टमेन्टले पनि आईपीओ जारी गर्ने तयारी गरेको छ ।
हाथवेले चुक्ता पूँजी १ अर्ब १५ करोड पु¥याउने निर्णय गरेको छ । पुँजी बढाउनका लागि हाथवेले सर्वसाधारणलाई सेयर जारी गर्ने निर्णय गरेको छ । हाथवे इन्भेष्मेन्टले १२.५ प्रतिशतले हुने सेयर जारी गर्ने निर्णय गरेको छ ।
हाथवेले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिएको छ । यता हाथवे इन्भेष्टमेन्ट लिमिटेडको सञ्चालकबाट हेमराज ढकाल र अम्बिकाप्रसाद पौडेल बाहिरिएका छन् । हाथवे इन्भेष्टमेन्टको सञ्चालक समितिको अध्यक्षमा ढकाल र सञ्चालकमा पौडेल थिए । पौडेलले हाथवे इन्भेष्मेन्टको प्रवन्ध निर्देशकको जिम्मेवारीबाट भने २ वर्ष अगाडि छाडेका थिए । ढकाल र पौडेलसँगै हाथवे इन्भेष्टमेन्टको सञ्चालकबाट उत्तमकुमार नेपालपनि बाहिरिएका छन् । हाथवे इन्भेष्टमेन्टको शुक्रबार भएको साधारणसभाबाट ढकाल र पौडेल बाहिरिने निर्णय गरेका हुन् ।
हाथवे इन्भेष्टमेन्टको साधारणसभाले योगेश्वर शर्मा ढकाल, कुमार पौडेल, अम्बिका शर्मा लामिछाने, सुरज श्रेष्ठ र जयराम नेपाललाई सञ्चालकमा चयन गरेको छ । अम्बिका शर्मा लामिछाने र सुरज श्रेष्ठमात्र हाथवेमा अहिले सञ्चालक थिए । बाँकी सञ्चालक नयाँ हुन् । कम्पनीमा १२ वर्ष सञ्चालकको रुपमा काम गरेका सञ्चालक बाहिरिने निर्णय गरेको अम्बिकाप्रसाद पौडेलले जानकारी दिए ।