काठमाण्डौ । साताको तेस्रो दिन नेप्से अर्धसतक हाराहारीमा बढेर बजार बन्द भएको छ । नेप्सेसँगै कारोबार रकम पनि सत्र अर्वमाथि पुगेको छ । यो कारोबार रकम करिव एक महिना यताकै उच्च कारोबार हो ।
आज नेप्से करिव ५२ अंकले बढेर समग्र बजार ३१ सय ६१ विन्दुमा पुगेर बजार बन्द भएको छ । आज नेप्सेका प्राय सबै उपसूचकहरुमा चकम आए पनि यस अघि बढेका जलविद्युत कम्पनीहरुको शेयर भने आज घटेको छ ।
कारोबार भएका मध्य फाइनान्सका लगानीकर्ताहरुले आज सबे भन्दा धेरै कमाएका छन । दिनै भरि कारोबार भएका २२५ कम्पनीहरुमा १३७ कम्पनीहरुको शेयर मूल्य बढेका छ भने ४६ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ त्यस्तै २ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।