काठमाण्डौ । साताको चौथो दिन बजार मापक सूचक नेप्से आज १८ अंकले बढेर बजार बन्द भएको छ ।
आजको बृद्धिसँगै समग्र नेप्से २७६९ विन्दुमा पुगेको छ । यो हप्ता लागेसँगै नेप्सेमा निरन्तर बृद्धिभएको छ । नेप्सेसँगै आज कारोबार रकम पनि ६ अर्व ६१ करोड माथि पुगेको छ ।
आज कारोबार भएका २२८ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा १११ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ६९ कम्पनीको शेयर मुल्य घटेको छ । त्यस्तै ७ कम्पनीहरुको शेयर मुल्य भने यथावत रहेको छ ।
आज कुनै पनि कम्पनीको शेयर मुल्य सर्किट लागेको छैन भने विकास बैक र जलविद्युत उपसूचक आज घटेको छ । नविल बैकको सबै भन्दा धेरै शेयर खरिद विक्री हुँदा नेप्से २८ विन्दुमा पुगेर फर्किएको छ ।