रावा इनर्जीले आईपीओ निष्काशन गर्ने

काठमाडाैं - नेपाल धितोपत्र बोर्डले रावा इनर्जी डेभलपमेन्ट लिमिटेडलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । कम्पनीलाई फागुन २५ गते आईपीओ निष्काशन गर्न बोर्डले अनुमति दिएको हो ।

कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणको लागि ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता शेयर निष्काशन गर्नेछ ।

हाल कम्पनीको जारी पूँजी २८ करोड रुपैयाँ रहेको छ । जारी पूँजीको ३० प्रतिशत बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी पनि २८ करोड रुपैयाँ पुग्नेछ । हाल कम्पनीको चुक्ता पूँजी १९ करोड ६० लाख रुपैयाँ मात्रै रहेको छ ।

कम्पनीले हाल खोटाङमा २.५ मेगावाट क्षमताको मिड रावा खोला आयोजना निर्माण गर्दैछ ।

कम्पनीकाे शेयर निष्काशन तथा बिक्रि प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेकाे छ । 

प्रतिक्रिया