वर्षको अन्तिम कारोबार दिन पनि घट्यो नेप्से

काठमाण्डौं - यो वर्षको लागि अन्तिम शेयर कारोबार दिन पनि नेप्से परिसूचक दोहोरो अंकले घटेर बजार बन्द भएको छ । समग्रमा यो वर्ष लगानीकर्ताको लागि सुखद हुन सकेन । 

बुधबार परिसूचक १०.७१ अङ्कले घटेर समग्र बजार २०२५ विन्दुमा आएको छ । नेप्से घटेसँगै कारोबार रकम पनि हिजोको तुलनामा घटेको छ । आज ३ अर्ब ४८ करोडमाथिको शेयर किनबेच भएको छ । 

आज एक कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ भने हिमालयन री इन्स्योरेन्सको शेयर सबै भन्दा धेरै मूल्यको कारोबार भएको छ । 

आज सबै उप सूचक घटेका छन् भने उत्पादन र व्यापार उप सूचक भने सामान्य बढेका छन् । फाइनान्स र बीमा समूहका लगानीकर्ताले आज धेरै गुमाएका छन् । 

सरकारले बिहीबार सार्वजनिक बिदा दिएसँगै आज नै यो वर्षको लागि अन्तिम कारोबार दिन रहेको छ । 

प्रतिक्रिया