काठमाडौं - बुधबार नेप्सेमा सामान्य सुधार देखिएको छ ।मंगलबार ठूला अङ्कले घटेको बजार बुधबार भने केही सम्हालिएको छ ।
यस दिन परिसूचक ५.९१ अङ्कले समग्र बजार २०७६ बिंदुमाथि पुगेको हो । आज ३०२ कम्पनीहरुले ४ अर्ब २५ करोडको शेयर कारोबार भएको छ ।
बैंक,बीमा र जलविद्युत उपसमूह घट्दा बाँकी अन्य समूह भने आज हरियाली छाएको छ । फाइनान्स उपसमूह सबै बन्द धेरै बढेर बजार माथि लैजान मद्धत गरेको देखिन्छ ।
आज ५ कम्पनीहरूको शेयर मूल्य सर्किट लागेर कारोबार हुँदा हिमालयन रिको शेयर सबै भन्दा धेरै कारोबार भएको छ ।